Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरी आचरण तथा व्यवहारमा सुधार र नैतिकताका साथ कार्य गर्न डिआईजीको निर्देशन

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा व्यवहारमा सुधार र उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको निरीक्षण तथा निर्देशनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

निरीक्षण तथा अनुगमन भ्रमणको सिलसिलमा रुकुम पश्चिममा आएर डिआईजी ढकालले जिल्ला प्रहरी कार्यालयको आन्तरिक शाखाहरु र बाह्य भौतिक संरचनाहरुको समेत निरीक्षण गर्नुभएको छ ।

उहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा व्यवहारमा सुधार र उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न आवश्यक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिआईजी ढकाललाई जिल्ला प्रहरी कार्यालयको तर्फबाट डिएसपी विष्णु प्रसाद सोतीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्