Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आमा समुहलाई सम्मान सहित कुर्सी हस्तान्तरण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ को कार्यालयले वडामा रहेका चार वटा आमा समुहलाई सम्मान सहित कुर्सी उपलब्ध गराएको छ ।

वडामा रहेका चार वटा आमा समुहलाई समुह व्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यका साथ कुर्सी हस्तान्तरण गरिएको वडाध्यक्ष धिरण सिर्पालीले बताउनुभयो । उहाँका अनुसार एउटा समुहलाई आठ वटाको दरले कुर्सी उपलब्ध गराईएको हो ।

वडा कार्यालयको आर्थिक वर्ष ०७९/८० काे आमा समुह व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको हो । वडा कार्यालयका अनुसार खारकोट टोल आमा समूह, जुम्लावाङ टोल आमा समूह, जमारु टोल आमा समूह र नयाँगाउँ टोल आमा समूहलाई सम्मान सहित कुर्सी हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्