Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मेघा पुल अलपत्र

दुई वर्षभित्रै बनाउने सम्झौता गरिएको मेघा पुलको काम आठ वर्षसम्म पनि सुरु भएन

फेरि सम्झौताका लागि सडक डिभिजन धाउँदै ठेकेदार कम्पनी
tribeni2

रुकुम पश्चिम / योजना निर्माणको जिम्मा पाएका ठेकेदारहरुले विभिन्न कारणहरु देखाउँदै विकासे योजना अलपत्र पारेको, ढिलाई गरेको, म्याद मात्र थप्ने काम गरेको, गुणस्तरिय काम नगरेको कुरा हामीले सुन्दै आएका छौं । यता रुकुम पश्चिममा भने सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि एक मोटरेबल पुल निर्माणको काम सुरु नै भएको छैन । जसका कारण सर्वसाधारणले सास्ती पाउँदै आएका छन् ।

निर्माण कम्पनीको लापरबाहिको कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –२ र ४ जोड्ने मेघा पुलको काम सुरु नभएको बताईएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएतापनि आठ वर्षसम्म काम नै सुरु गरिएको छैन । सडक डिभिजन कार्यालय चौरजहारी मार्फत खोलिएको मेघा पुल निर्माणको ठेक्का सपना सैलुङ्ग जेभि काठमाडौंले पाएको थियो ।

डिभिजन कार्यालयका ईन्जिनियर सुरेश कुमार बस्यालका अनुसार उक्त निर्माण कम्पनीले ०७१ साल मङसिर २ गते २०७३ पुस २ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । उक्त मितिमा काम नगरेकोले २०७७ पुस १३ गतेसम्मको लागि म्याद थप गरिएको थियो । उक्त मिति यता पनि काम सुरु भएको छैन । इन्जिनियर बस्यालले १२० मिटर लामो आरसिसि पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा सम्झौता भएको बताउनुभयो ।

अहिले निर्माण कम्पनी काम गर्छौ भन्दै सम्पर्कमा आएको समेत उहाँले जानकारी दिनुभयो । हालसम्म मेघा पुल निर्माणको तीन प्रतिशत मात्रै बित्तीय प्रगती भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष मानबहादुर पुनले साबिक पुर्तिमकाँडा गाविसको फल्याबगर र गरायला गाविसको मेघा जोड्ने गरेर २०७१ मा पुल बन्ने कुरा भएतापनि हालसम्म काम नै सुरु नभएको बताउनुभयो । सानीभेरी नदि माथी निर्माण हुनुपर्ने उक्त पुल समयमै नबन्दा सर्वसाधारणले सास्ती पाईरहेको उहाँले बताउनुभयो ।

पुल निर्माण भएमा मध्यपहाडि सडकमार्गको फल्याबगर देखि गरायला, रिम्ना, डोल्पा आउजाउमा उक्त पुलले सहजता दिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो । पुल नबन्दा सर्वसाधारणहरु घण्टौ हिडेर सिम्ली र रिम्ना पुगेर झोलुङ्गे पुलको सहारा लिन बाध्य भएको उहाँको भनाई रहेको छ ।

सपना सैलुङ्ग जेभिका प्रोजेक्ट म्यानेजर बशिष्ठ नारायण यादवले काम सुरु गर्ने गरेर आफूहरु फिल्डमा आएको बताउनुभयो । ‘विविध कारणले काम हुन सकेको रहेनछ,’ यादवले भन्नुभयो, ‘मलाई यहि पुल बनाउनको लागि नियुक्ति दिएर कम्पनीले पठाएको छ, हामी जतिसक्दो काम सुरु गर्न लागेका छौ ।’ विगतमा पायल फाउण्डेशन बनाउनको लागि सानो मेशिनले काम गर्न नसकेको, कोरोना महामारी लगायतका कारण काम सुरु गर्न नसकिएको उहाँको भनाई छ ।

अहिले फाउण्डेशन निर्माणका लागि रिग मेशिन निर्माणस्थलमा ल्याईएको र सडक डिभिजन कार्यालयसँग काम सुरु गर्नको लागि समन्वय भैरहेको यादवको भनाई रहेको छ ।

काम सुरु गरेको बहाना गरेर सम्झौता म्याद मात्र थप्ने बहाना गरेको भन्दै स्थानीयले भने आशंका गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्