Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा १० दिनमा १९ जना फरार व्यक्ति पक्राउ

tribeni2

रुकुम पश्चिम / फरार दोषीलाई पक्राउ गर्न बिशेष अभियान चलाएर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १० दिनमै १९ जना फरार दोषीहरुलाई पक्राउ गरेको छ । प्रहरी कार्यालयका अनुसार विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भएर फरार रहेका १९ जनालाई १० दिनको अवधिमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरुबाट २१ वर्ष आठ महिना २१ दिन जम्मा कैद र सात लाख ५३ हजार ६६६ रुपियाँ जरिवाना असुल गरिएको छ ।

पक्राउ परेकाहरु मध्य २०६५ साल साउन १६ मा कर्तव्य ज्यान मुद्धामा फरार रहेका जिल्लाको मुसिकोट नगरपालिका १ का अकबिर भनिने अतिराम ओली सबैभन्दा पुरानो मुद्धामा पक्राउ परेका छन् । उनी बिरुद्ध २०७५ साल फागुन ८ गते सर्वोच्च अदालतले २० वर्ष कैदको फैसला गरेको थियो ।

त्यसैगरी रुकुम अदालतले २०६९ असोज २१ मा गाली बेईज्यती मुद्धामा दोषि ठहर गर्दै फैसला गरेपछि फरार रहेकी मुसीकोट नगरपालिका १ की हिमन्ती रावललाई पनि पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यानमा फरार रहेका एक जना, सम्बन्ध बिच्छेद मुद्धाका चार जना, लागुऔषध मुद्धामा एक जना, बैङिकङ्ग कसुर मुद्धाका एक जना, गाली बेइज्यती मुद्धाका एक जना, जालसाजी मुद्धाका दुई जना र लुटपिट तथा कुटपिट मुद्धाका चार जना रहेका छन् । त्यसैगरी नाता कायम मुद्धामा एक जना, जबरजस्ती करणीमा एक जना, बालविवाहमा एक जना, सवारी ज्यान मुद्धामा एक जना र केहि सार्वजनिक अपराधको मुद्धामा एक जना गरेर जम्मा १९ फरार दोषीहरुलाई पक्राउ गरिएको हो ।

अदालतले विभिन्न मितिमा गरेको फैसलापछि उनीहरु फरार रहेका थिए । पक्राउ परेकाहरुलाई अदालतमा बुझाएर कारागार चलान गरिएको बताईएको छ । विभिन्न मुद्धामा दोषि ठहर भई फैसला भएका मध्य चार जनाको मृत्यु भैसकेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्