Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्तो छ कर्णालीका मुख्यमन्त्रीले सचिवहरूलाई दिएको ६१ बुँदे निर्देशन

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सचिवहरूलाई निर्देशन जारी गर्नुभएको छ । प्रदेशस्थित प्रमुख सचिव तथा सचिवहरूका लागि ६१ बुँदे निर्देशन जारी गरिएको हो ।

प्रदेशको राजस्व आम्दानीको अवस्था सुधार, पुँजीगत खर्च वृद्धि, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, आयोजना सञ्चालनका विषयमा केन्द्रित हुने लगायतका विषयमा मुख्यमन्त्री शर्माले सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

‘चालु आर्थिक वर्षको साढे ६ महिना बितिसक्दा पनि आन्तरिक राजस्व ७१ करोड ७९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाख मात्र उठेको छ, वित्तीय खर्च १०.७७ प्रतिशत मात्र हुँदा हाम्रो भैतिक प्रगति कति भएको होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ,’ मुख्यमन्त्रीले जारी गरेको निर्देशनमा भनिएको छ, ‘यसको कारण खोजी गरी नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्।’

प्रदेशको वित्तीय चक्र नै समस्याग्रस्त देखिएकोले यस्तो हुन नदिने संवेदनशील भएर लाग्न उहाँले निर्देशन दिनुभएको छ ।

निर्देशनका ६१ बुँदा यहाँ उल्लेख गरिएको छ :

माननीय मुख्यमन्त्रीज्यूबाट जारी भएको ६१ बुँदे निर्देशन

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्