Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको रेडियो मौराखारा चौथो वर्ष प्रवेश

२०७९ माघ २५
tribeni2

रुकुम पश्चिम /रुकुम पश्चिमको रेडियो मौराखारा एफ.एम. चौथो वर्षमा प्रवेश गरेको छ । आज बधुबार रेडियोले तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको हो । २०७६ माघ २५ गते जिल्लाको सानीभेरी गाउँपालिका स्थित सिम्लीबाट आफ्नो प्रसारण शुरु गरेको थियो । रेडियो मौराखारा सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रहेको छ ।

आफ्नो प्रशारण यात्राको तिन वर्ष पुरा हुदाँ सम्ममा रेडियाले  सूचना, मनोरञ्जन र विकासका लागि महत्वपूर्ण योगदान गरेको रेडियोका स्टेसन म्यानेजर नारायण ओलीले बताउनु भयो ।

रेडियो मौराखारा एफ एम को तेस्रो वार्षिक उत्सबका अवसरमा रेडियोका प्राविधिक खिम बहादुर ओली सम्मानित भएको रेडियोका अध्यक्ष रामबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना देखि हालसम्म प्राविधिक रुपमा कार्यरत ओलीलाई आज रेडियोको बार्षिक उत्सवको अवसर पारेर उहाँलाई सम्मान गरिएको हो ।

यस्तै रेडियोको वार्षिक उत्सवको अवसरमा नै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको विशेष आतिथ्यतामा रेडियोमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
शुभकामना कार्यक्रममा उपाध्यक्ष कमला पुन, वडा अध्यक्षहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्