Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध दिवसको अवसरमा हुने गुरिल्ला म्याराथनको तयारी पुरा

२०७९ माघ २५
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले फागुन १ गते हुने ‘मौराखारा गुरिल्ला म्याराथन’को पुरा भएको जनाएको छ । हरेक वर्ष ‘जनयुद्ध दिवस’को अवसरका गाउँपालिकाको आयोजनामा हुँदै आएको म्याराथनको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालिन माओवादीले संचालन गरेको ‘जनयुद्ध’ताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाउने गरी गाउँपालिकाले ‘मौराखारा गुरिल्ला म्याराथन’ गर्न लागेको जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रबाट सुरु भई ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी गाउँपालिकाले म्याराथनको रुट बनाएको छ । मौराखारा लेक समुन्द्र सतहबाट दुई हजार नौ सय मिटरको उचाईमा रहेको छ ।

गाउँपालिकाले म्याराथन कार्यक्रम सञ्चालन निर्देशिका, २०७९ समेत तयार गरेको छ । यस पटकको म्याराथन पाँचौं संस्करण भएको बताउनुहुँदै गाउँपालिका अध्यक्ष विष्टले यस पटकदेखि राष्ट्रिय खेलकुद परिषद्ले समेत यो कार्यक्रमलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको जानकारी दिनुभयो । परिषद्को १५ लाख र गाउँपालिकाको आठ लाख रुपियाँ लगानीमा म्याराथन हुन लागेको हो ।

अध्यक्ष विष्टले म्याराथन तयारीको लागि गाउँपालिकाले मूल समारोह समिति, मार्ग तथा लजेष्टिक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, अतिथी सत्कार तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्थापन समिति, सरसफाई तथा स्वास्थ्य समिति, साँस्कृतिक तथा झाँकि व्यवस्थापन समिति र जन परिचालन समिति तयार गरेको बताउनुभयो ।

प्रतियोगितामा महिला पुरुष छुट्टाछुट्टै प्रतिस्पर्धा हुने गरेको छ । पुरुष तर्फ ४६ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको रुट रहेको छ । पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई तीन हजार तथा महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई ती हजार रुपिँया पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीले बताउनुभयो ।

म्याराथनको उद्घाटनसत्रमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतको उपस्थिति रहने जनाईएको छ । सोहि दिन गाउँपालिकाले बृहद् साँस्कृतिक कार्यक्रम समेत राखेको छ ।

यो प्रतियोगितामा देशका विभिन्न ठाउँबाट धावकहरु रुकुमपश्चिम पुग्ने गरेका छन् । धावकहरुलाई माओवादी गुरिल्लाहरुले प्रयोग गर्ने गरेको कपडामा सजाएर दौडाउने गरिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्