Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छोरालाई बचाउन बुवाको गुहार : 'मेरो एक मात्र छोरालाई क्यान्सर भयो'

tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ आमडाँडाका दलबहादुर ओलीले आफ्नो एक मात्र छोराको उपचारमा समस्या भएको बताउनुभएको छ ।

आफ्नो १७ वर्षिय छोरा जनक ओलीलाई घाँटीको क्यान्सर भएकोले उपचारमा आर्थिक समस्या भएको भन्दै छोरालाई बचाउन उहाँले गुहार माग्नुभएको छ ।

हिमालय माध्यमिक बिद्यालय खोलागाँउमा कृषि डिप्लोमा अन्तर्गत आईएसि एजिको दोस्रो बर्षमा अध्यनरत जनकलाई घाँटिको क्यान्सर भएको उहाँका बुवाले बताउनुभयो । लामो समय देखि बिरामी भएका जनक बिरामी हुँदा विभिन्न ठाउँमा उपचारको लिएको तर पत्ता नलागेको र अन्तिममा क्यान्सर अस्पताल भक्तपुर लिदा घाँटिको क्यान्सर भएको पत्ता लागेको थियो ।

छोराका उपचारको क्रममा घरको जायजेथा सबै सकिएकोले र पारिवारिक अवस्था दयनिय बनेकोले सहयोगी तथा मनकारी व्यक्ति तथा निकायहरुमा गुहार मागेको दलबहादुरको भनाई रहेको छ ।

सबैको सहयोगले छोराको उपचार गराउन सकिने र बचाउन सकिने भन्दै उहाँले पीडामा साथ दिन बिन्ती गर्नुभएको छ ।

क्यान्सरपीडित जनकको सहयोगको लागि आफ्ना नातेदार गोपालिसिं खड्काको बैक खातामा रकम जम्मा गर्न सकिने समेत उहाँले अनुरोध गर्नुभएको छ ।

सहयोगका लागि

Name :- Gopalsingh khadka

Bank :- Nepal bank limited

Account no:- 07701706367575000001

Phone no:- 9847934833

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्