Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय सरकारका गतिविधि नियाल्दै चौरजहारी काँग्रेस

tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिले स्थानीय सरकारका तर्फबाट भए गरेका कामहरुको बारेमा अनुगमन तथा छलफल सुरु गरेको छ ।

सरकारका सकारात्मक गतिबिधिहरुलाई साथ दिन र जनताका प्रत्यक्ष सरोकारका विषयमा स्थानीय सरकारलाई झक्झकाउन यस्तो काम थालिएको नगर सचिव लक्ष्मण ओलीले बताउनुभयो । उहाँका अनुसार बुधबार नगरपालिकाको वडा नम्वर ११ र १३ मा पुगेर स्थालगत रुपमा गतिबिधिहरुको अनुगमन तथा वडा कार्यालयहरुमा अन्तरक्रिया गरिएको छ ।

नगर सभापति प्रेम बहादुर ओलीको नेतृत्वमा रहेको टोलीले वर्तमान नगर सरकारको नौ महिने कार्यकालमा भएका काम, बजेट वितरण तथा खर्चको अवस्था, जनजीविकाको सवालमा प्रत्यक्ष रुपमा अन्तरक्रिया गरेको हो ।

यसका साथै निर्माण भैरहेका विकास आयोजना र केहि विद्यालयहरुको शैक्षिक अवस्था बारेमा समेत अनुगमन गरिएको हो । सबै वडाहरुमा अनुगमन तथा अन्तरक्रिया सम्पन्न गरेर अन्त्यमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवेदन सार्वजनिक गरिने बताईएको छ ।

अनावश्यक टिका टिप्पणी भन्दा रचनात्मक रुपमा स्थानीय सरकारलाई सघाउन यस्तो कार्य गर्न थालिएको नगर सभापति प्रेम बहादुर ओलीले बताउनुभयो । सरकारलाई सहयोग पनि गर्ने र सचेत गराउने पनि काम हुने उहाँको भनाई रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्