Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने

tribeni2

काठमाडौं /  नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गर्नुभएको थियो । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो ।

प्रचण्डले प्रस्तावमा भन्नुभएको थियो, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’

उहाँले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गर्नुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्