Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोटीमा निशुल्क बैदेशिक भाषा प्रशिक्षण सुरु

tribeni2

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्टार प्रा.लि. धनगढीले डोटीको दिपायलमा निशुल्क बैदेशीक भाषा प्रशिक्षण तालिम सुरु गरेको छ ।

४५ दिन सम्म संचालन हुने उक्त बैदेशिक भाषा प्रशिक्षण तालिमको शुक्रबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सन्तोष भट्टले बताए ।

दिपालय सिलगढी नगरपालिका बडा नं. ३ का अध्यक्ष चक्र वहादुर माझीको सभापतित्व र सोहि नगरपालिकाका शिक्षा विकास अधिकृत मन्जु थापाको प्रमुख आतिथ्यतामा भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको हो ।

बैदेशिक रोजगारमा जान चाहने युवालाई लक्षित गरि संचालन गरिएको उक्त प्रशिक्षणमा ३५ जनाको सहभागीता रहेको छ । भाषा सिक्न चाहने व्यक्तिहरुको आबेदनहरुबाट छनौटमा परेका ३५ जनालाई प्रशिक्षण गर्न थालिएको भट्टले जानकारी दिए । सुदुरपश्चिम प्रदेशमा तराईका २ र पहाडका ७ जिल्ला गरि ९ जिल्लाहरुमा स्टार प्रा.लि.ले भाषा प्रशिक्षण सुरु गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्