Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने ५ मा अर्धवार्षिक समिक्षा : २० योजना सम्पन्न, ६० प्रतिशत बित्तिय प्रगति

२०७९ माघ २६
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ को अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

वडा भित्र भएका विकास निर्माण तथा हुन बाकी रहेका कार्यहरुको बारेमा वडाका नागरिकहरुलाई जानकारी गराउने उद्देश्यका साथ बिहिबार वडा कार्यालयमा समिक्षात्मक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आर्थिक वर्ष ०७९/८० मा वडामा भएका अर्धबार्षिक प्रगती प्रतिवेदन वडा अध्यक्ष बिरेन्द्र बस्नेतले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुतीकरण गर्नुहुँदै अध्यक्ष बस्नेतले वडामा यस बर्ष गाउँपालिका तथा अन्य कार्यालय अन्तर्गतका योजना तथा कार्यक्रमको लागी जम्मा चार करोड ५१ लाख रुपैया बजेट आएको जानकारी दिनुभयो । त्यस मध्य करिब ६० प्रतिशत बजेट खर्च भैसकेको उहाँले बताउनुभयो ।

चालु आर्थिक बर्षमा सिस्ने गाउँपालिका वडा नम्वर ५ अन्तर्गतका योजना तथा कार्यक्रमहरु मध्यका करिब २० योजनाहरु सम्पन्न भैसकेको पनि वडा अध्यक्ष बस्नेतले बताउनु भएको छ । यस बर्ष गाउँपालिकाबाट ६९ लाख ९३ हजार बजेट बिनियोजन भएको थियो ।

उक्त बजेट मध्यबाट हालसम्म ३४ लाख ८७ हजार बराबरको काम भैसकेको छ भने अब २४ लाख ६ हजार बराबरको रकम मात्र बाँकी रहेको अध्यक्ष बस्नेतले जानकारी गराउनु भयो ।

यस चालु आर्थिक बर्षको अर्धबार्षिक समयअबधिमा उक्त वडामा भएका घटना दर्ताको बारेमा वडा सचिव यमुना खड्काले जानकारी प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष सुरु भए यता जन्मदर्ता ४२ ओटा, मृत्युदर्ता १७ ओटा, बिवाहदर्ता २२ जोडि, बसाइसराई ६ ओटा र सम्बन्ध बिच्छेदको एउटा घटना दर्ता भएको बताईएको छ ।

सचिव खड्काले हालसम्म वडामा २ लाख २३ हजार ३८८ रुपैयाँ राजश्व सङकलन भएको पनि जानकारी दिनु भयो । जसमध्य नगदि कर १ लाख ६४ हजार ६८ र मालपोत कर ५९ हजार ३२० रहेको छ ।

वडा अध्यक्ष बिरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका कार्यबहाक अध्यक्ष सुर्य बहादुर नेपाली, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, वडा सदस्यहरुका साथै स्थानीयको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्