Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविमा उद्यमी क्लब गठन

सिस्ने गाउँपालिकामा “एक शिक्षण संस्था एक उद्यम कार्यक्रम” संचालन
२०७९ माघ २६
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा बिद्यार्थी उद्यमी क्लब गठन गरिएको छ ।

प्राविधिक धारतर्फका विद्यार्थीहरुको एक भेलाले क्लब गठन गरेको हो । कक्षा ९ अध्ययनरत प्रिया बुढाक्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय बिद्यार्थी उद्यमी क्लब गठन गरिएको बताईएको छ । क्लबको उपाध्यक्षमा सुशिल रसाईली, सचिबमा भूमिका सिहं ठकूरी र कोषाध्यक्षमा निष्ठा हमाल रहनुभएको छ ।

आर्थिक वर्ष ०७९/८० को राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अनुसार सिस्ने गाउँपालिकामा “एक शिक्षण संस्था एक उद्यम कार्यक्रम” संचालनका लागि बिद्यालयमा आज उक्त क्लब गठन गरिएको हो ।

सार्वजनिक शिक्षामा गुणस्तर, नवप्रर्वतन तथा उद्यमशीलता विकास गरी शिक्षण रुपान्तरण गर्नुका साथै सार्बजनिक शिक्षाको सबलीकरण गर्ने उद्धेश्यका साथ नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अनुसार सिस्ने गाउँपालिकामा संचालित सामूदायिक माध्यामिक बिद्यालयमा उक्त कार्यक्रम संचालन गर्ने कार्यबिधि रहेको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो । उक्त कार्यबिधि अनुसार प्राबिधिक तथा व्यवसायिक धार संचालन गरेका बिद्यालयलाई बिशेष प्राथमिकतामा राखी १ बिद्यालय छनौट गरिने छ ।

बिद्यालय छनौटका लागि आगामी फागुन ५ गतेसम्म बिद्यालयहरुलाई प्रस्ताब पेश गर्न सिस्ने गाउँपालिकाले सूचना जारी गरेको छ । बिद्यार्थीहरुको समूहबाट कुनै एक शिर्षमा उद्यम व्यवसाय गरी त्यसको आम्दानी बिद्याथीहरुको शैक्षिक क्षेत्रमा लगानी गरिने बताईएको छ । छनौटमा परेको बिद्यालयले ५ लाख २५ हजार बजेटबाट उक्त कार्यक्रम संचालन गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्