Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडि राजमार्ग : पुल अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

साढे आठ करोड जरिवाना
tribeni2

रुकुमपश्चिम / पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम नगरेर अलपत्र पार्दा लाखौ धरौटी रकम जफत भएको छ भने करोडौ रकम जरिवानाको भागिदार हुनुपरेको छ । मध्यपहाडी राजमार्ग अन्तर्गतको रुकुम पश्चिम - जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले ७२ लाख धरौटी जफत गरेको छ भने साढे आठ करोड जरिवाना तोकेको छ ।

मध्यपहाडि राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० बर्षसम्म पनि पुल निर्माण नगरेपछि पेश्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरेको छ । आयोजना कार्यालयका प्रमुख सिनियर डिभिजन ईन्जिनियर युवराज पोखरेलका अनुसार पुल निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रा.लिसँगको ठेक्का गत मङसिर २९ गते तोडिएको थियो । ठेक्का तोडिएपछि निर्माण कम्पनीबाट पेश्की असुल गर्नुका साथै बैंकमा राखेको धरौटी समेत जफत गरिएको हो । कार्यालय प्रमुख पोखरेलले दुई करोड ६० लाख पेश्की रकम र ७२ लाख धरौटी रकम जफत गरिएको बताउनुभयो।

सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार उक्त ठेकेदार कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवाना तोकिएको छ । सोहि नियमावली अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीहरुबाटै उक्त योजनाको रकम पनि असुल उपर गर्ने व्यवस्था रहेको छ । अब पुल निर्माणका लागि लाग्ने खर्च समेत लागत अनुमान तयार गरेर वाईपी कन्स्ट्रक्सनबाटै असुल गरिने प्रक्रियामा रहेको पोखरेलले जनाउनुभयो । कम्पनीले उक्त रकम तिरेन भने केन्द्रिय तहसिल कार्यालय मार्फत असुल गरिने उहाँको भनाई रहेको छ । निर्माण व्यवसायीले पेश्कीको ब्याज, अतिरिक्त रकम र क्षतिपूर्तिवापतको रकम समेत तिर्नुपर्ने भएको छ ।

योजना कार्यालयका अनुसार ठेकेदार कम्पनीले रुकुमपश्चिमको चौरजहारी नगरपालिका –२ अधेरेबाट जाजरकोटको भेरी नगरपालिका –१३ कुदु जोड्ने भेरी नदीमा पुल निर्माणको जिम्मा लिएको थियो । निर्माणको जिम्मा लिएको कप्पनीले दुवैतर्फ सामान्य पिलर मात्रै खडा गरी निर्माण कार्य अलपत्र पारेको कार्यालयको भनाई छ ।
कम्पनीले २०६९ सालमा तीन वर्षम पुल निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो । १८ करोड स्टमेटको यो ठेक्कामा सम्झौता गर्ने वाईपी कन्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठको निधनपछि आधिकारीक प्रतिनिधिको रुपमा सुरेन्द्र प्रसाद श्रेष्ठ रहेको बताईएको छ ।

पुलका दुई वटा पिलर मात्र हालेर निर्माण कम्पनीले काम अलपत्र पारेको हो । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको छ आयोजना कार्यालयलले जनाएको छ । यसका साथै मध्यपहाडि राजमार्गको रुकुमपश्चिम खण्डबाट जाजरकोट यातायातका साधानहरु आउआउ गर्ने बाटो सोहि पुल नबन्दा खुलेको छैन । पुल नबन्दा सर्वसाधारणहरुले एक घण्टाको पैदल दुरी हिडेर मटेला र नाखिरा गाउँमुनि रहेको झोलुङगे पुल तर्नुपर्ने बाध्यता रहेको छ । नयाँ लागत स्टमेट तयार गरेर विभागमा पठाईएकोले स्विकृत हुने बित्तिकै नयाँ टेण्डर आह्वान हुने समेत आयोजना प्रमुख पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्