Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका १० कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १० जना कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा नगरपालिका भित्रका २, ३, १२, १३ र १४ वडाका १० जना कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम दिन सुरु गरिएको हो ।
तालिम नगरपालिकाको वडा नम्वर १३ छिवाङमा संचालन भैरहेको छ ।

तालिममा सहभागि कृषकहरुलाई १५ दिन सम्म हाते ट्याक्टर मर्मत गर्न सिकाइने वडा नम्वर १३ का वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागि किसानले तालिम पश्चात वडामा अन्य किसानहरुका हाते ट्याक्टर विग्रिएमा मर्मत गर्ने छन ।

पछिल्लो समय हाते ट्क्याटरमा किसानहरुको आर्कषण बढ्दै गएको छ । पछिल्लो समयमा अधिकासं किसानहरुले हाते ट्याक्टरको प्रयोग गरिरहेको र विग्रे पछि मर्मत गर्न नसकेको गुनासो गरेपछि किसानहरुलाई हाते ट्याक्टर मर्मतको तालिम दिन थालिएको हो ।

काम गर्दै गर्दा ट्याक्टरमा कुनै समस्या आएको बेला मर्मतको लागी उक्त तालिमले सहज हुने भन्दै किसानले खुसि व्यक्त गरेका छन । - घनस्याम खड्का

 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्