राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
कला/साहित्य
कविता - ओ डाक्टरसाहेब !
कविता - ओ डाक्टरसाहेब !
मूलपाटी संवाददाता
२०७९माघ २९
२०७९माघ २९
डा.राजकुमार भुजेल 'साजन'
ओ डाक्टरसाहेब
किन यतिबिघ्न हतारिनुहुन्छ बिरामीको खातिर
किन खटिनुहुन्छ दिनभर,रातभर?
किन के का लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब
किन लाग्दैन तपाईँलाई कुनै चाडपर्व?
किन समय छैन तपाईँसँग साथीसंगी परिवारको लागि?
किन के का लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब
महाराज महारानीको सवारी भइरहँदा
किन हिँड्नुपर्यो तपाईं सडकमा?
किन भर्नुपर्यो प्राण बिरामीको?
किन हुनुपर्यो जनतालाई बिरामी?
ओ डाक्टरसाहेब
देशमा कुनै सम्भावना नदेखेर
दिनदिनै परदेशिएका छन् त हजुरसँगैका साथीहरु
तिनै विदेशीएका पङ्क्तीसँगै किन मिसिनुभएन हजुर?
किन के का लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब
के का लागि हो यतिबिघ्न स्वदेशप्रेम?
के का लागि हो यतिबिघ्न स्नेह?
के का लागि हो अहोरात्र खटनपटन?
महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन?
अस्पताल प्रशासनबाटै पलपलमा लुटिन?
या प्रहरी मेरो साथीको दमन सहन?
या देशको कुशासन,बिसङ्गती,ज्यादतीको चङ्गुलमा फस्न?
या यी सबैबाट ग्रस्त हुँदै डिप्रेशनको सिकार हुन?
किन के का लागि पो मरिमेट्नुहुन्छ?
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९
१४:०२
#राजकुमार भुजेल
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सुत्केरी बोकेको हेलिकोप्टर पनि आठबिसकोटमा आकस्मिक अवतरण
नंः २
आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर आज आठबिसकोटमै, मुख्यमन्त्री होटेलमा, सुत्केरी एम्बुलेन्समा
नंः ३
मुसिकोटको पातुखोलामा पहिरोले चार घुम्ती पसल बगायो
नंः ४
कर्णालीका मुख्यमन्त्री चढेको हेलिकोप्टर आठबिसकोटमा आकस्मिक अवतरण
नंः ५
पत्रकार लामिछानेलाई गणेश शाह स्मृति पत्रकारीता पुरस्कार प्रदान
थप समाचार
‘मुकाम रणमैदान’लाई २०८० सालको मदन पुरस्कार
२०७९माघ २९
कविता : अधुरो प्रेम
२०७९माघ २९
कविता : म पनि हिँडे साथी !
२०७९माघ २९
गजल - दिपशिका ओली
२०७९माघ २९