Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

जनताको शासनको पक्षमा जनयुद्ध भएको हो : मुख्यमन्त्री शर्मा

२०७९ फागुन १
tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनयुद्ध जनताको शासनको पक्षमा भएको बताउनुभएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको सानीभेरी-मौराखारा-गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम २०७९ मा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले जनयुद्ध सामन्तवाद र राजतन्त्रका विरुद्ध भएको उल्लेख गर्नुभयो ।

राजतन्त्रले बेला बेलामा जनतालाई धोका दिएकोले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको लागि जनयुद्ध भएको शर्माले जनाउनुभयो । जनयुद्ध र जनआन्दोलनको उपलब्धिहरुको रक्षा वर्तमानको दायीत्व भएकोले यो दायीत्व पुरा गर्नतर्फ सबै सचेत भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला आउनुभएका शर्माले आफू जनताको कामदारको रुपमा मुख्यन्त्रीको कुर्सीमा पुगेको बताउनुभयो । उहाँले अब आफू जिल्ला-जिल्ला र गाउँमा पुगेर जनताका आवश्यकता बुझ्न लागिपर्ने बताउनुभयो ।

कर्णाली सरकारले गरीबी र कुसस्कार अन्त्यको लागि योजना बनाईरहेकोले योजना बनाउन र कार्यान्वयनमा सघाउन उहाँले आग्रह गर्नुभयो । कर्णाली बनाउने सपना सामाजवादी क्रान्ति मार्फत पुरा हुने विश्वास समेत उहाँले राख्नुभयो ।

राष्ट्रिय स्वाधिनताका लागि प्रतिबद्धता जरुरी रहेको र राजनीतिमा सिर्जनात्मक प्रतिश्पर्धा जरुरी रहेको उहाँले बताउनुभयो । हतियार उठाउनु बाध्यता थियो, अब फेरि हतियार उठाउन नपरोस् जनताको चाहना रहेको मुख्यमन्त्री शर्माले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्