Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोटीमा असिना पानीले लाखौंको क्षती

tribeni2

शुक्रवार राति परेको अशिनापानिले डोटेलि जनजिवनलाई प्रत्यक्ष रुपमा प्रभावित गरेको छ । राति करिब दुई घण्टा सम्म आएको असिना पानीले किषानका तरकारी बालि, अन्नवालि फलफुललाई पुर्ण रुपमा क्षेदविच्छेद गरेको दिपायल सिलगढी नगरपालिका वडा न ६ बस्ने तिर्थ वहादुर सिहले बताए ।

असिनापानी संगै आएको हावा हुरीले रुख विरुवाको पातहरुलाई पनि पुर्ण रुपमा क्षती पुर्‍याएको छ । मकै, सिमि, वोडि, काक्रा, खुर्खानि लगायतका तरकारी बालि नष्ट गरेको स्थानिय कृषकहरुले बताएका छन् ।

त्यस्तै रोपाई गर्न तयार भएको धानको विउमा समेत छेति गरेको बगलेकका दिपक नेपालिले जानकारी दिएका छन् । शुक्रबार राती करिब आठ बजे आएको असिना सदरमुकाम सिलगढीका केही स्थानहरु शनिवार विहान सम्म रहेको दिपायल सिलगढि नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशिले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १२:०६
प्रतिक्रिया दिनुहोस्