Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जनयुद्ध दिवस

सत्ताको संख्यामा भन्दा एजेण्डामा म्याराथन गरौं : जनार्दन शर्मा

'सामन्तवादको अन्त्यको लागि जनयुद्ध भएको हो'
२०७९ फागुन १
tribeni2

रुकुम पश्चिम / पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभाका सदस्य जनार्दन शर्माले सत्ताको म्याराथन संख्यामा भन्दा एजेण्डामा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवस’को अवसरमा आयोजना गरेको ‘पाँचौ सानीेभेरी मौराखारा गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम’मा राष्ट्रिय सहमतीको लागि म्याराथन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा उहाँले काठमाडौंमा सत्ताको म्याराथन चलिरहेको बताउँनुहुँदै रुकुममा आन्दोलनको बहस र स्मरण चलिरहेको उल्लेख गर्नुभयो । सामन्तवादको अन्त्यका लागि जनयुद्ध भएको उल्लेख गर्नुहुँदै शर्माले जनयुद्ध र जनआन्दोलन मार्फत जनतालाई सार्वभौम बनाएको दाबी गर्नुभयो । जनयुद्धलाई विभिन्न कालखण्डका आन्दोलनहरुको संश्लेषण गर्ने दिनको रुपमा लिन आग्रह गर्नुहुँदै शर्माले नेपाली समाजवादको बारेमा पार्टीहरु बीचमा सहमती आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शर्माले संविधानको रक्षा र संघीयताको कार्यान्वयनको बारेमा बहस गर्ने बेलामा सत्ता टिकाउन संख्याको गिन्ती हुनु दुर्भाग्य रहेको बताउनुभयो । ‘सत्ताको म्याराथन गर्ने नेताहरुलाई मेरो सन्देश छ,’ शर्माले भन्नुभयो, ‘सत्ता म्याराथन संख्यामा हैन, एजेण्डामा गरौ, राष्ट्रिय सहमतीमा गरौ ।’

उहाँले को राष्ट्रपति, प्रधानमन्त्रीको अवधी कति भनेर बहस गर्नुभन्दा पनि एजेण्डा र जनतालाई कसरी खुशि बनाउने उपायको बारेमा ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले जनतालाई रोजगारी दिने प्रमुख बाटो श्रमसहकारी भएकोले यसको व्यवस्थापन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्राकृतिक रुपले सम्पन्न देशमा गरिब नागरिकहरु हुनुपरेकोले गरिबी अन्त्यको छलफल प्रमुख रहेको उहाँको भनाई रहेको छ । सन्तुलित परराष्ट्र नीति, नागरिकताको समस्या समाधान, राष्ट्रियताको रक्षा, प्राकृतिक स्रोतको प्रयोग, पर्यावरणको रक्षा गर्न प्रमुख आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्