Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विवाह भएको दुई महिनामै श्रीमतीकाे हत्या

tribeni2

दैलेख / दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका प्रहरीले जनाएको छ ।

हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीकाे हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताउनुभयो ।

कृष्णबहादुर र पार्वतीबीच गएकाे मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । कृष्णबहादुर बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो भन्ने थाहा नभइसकेकाे मृतकका दाजु केशवकुमार बीसीले बताउनुभयो ।

दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँतसमेत खसेको पाइएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्