Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०७९ फागुन ३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा चौथो गाउँ स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

बुधबार गाउँपालिकाको वडा नम्बर ३ बेल्टापुमा चौथो गाउँ स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका १३ वटा माद्यामिका विद्यालयहरुको सहभागिता रहेको छ । आज देखि सुरु भएको उक्त रनिङ शिल्ड प्रतियोगिता फागुन ६ गते सम्म चल्ने छ ।

गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टको अध्यक्षतामा उद्घाटन भएको उक्त शिल्डमा जिल्ला समन्वय समिती रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो भने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै शिल्ड प्रतियोगितामा सामाजिक विकास कार्यालय प्रमुख धञ्नजय आचार्य, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

भुपालसिं विष्टको सन्चालनमा रहेको उक्त शिल्ड उद्घाटनमा स्वागत मन्तव्य सामाजिक विकास संयोजक शेरबहादुर खड्काले राख्नुभएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्