Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनुदानमा किविका विरुवा वितरण

tribeni2

रुकुम पश्चिम /रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले २० हजार गोल्डेन र हेवाड जातका किविका बिरुवा खरिद गरेको छ । नगरभित्रका १,२,३,५,१०,११ र १२ नम्बर वडाका कृषकलाई अनुदानमा किविका विरुवा वितरण गर्नको लागी उक्त विरुवा रामेछाप जिल्लाबाट खरिद गरेको हो ।

व्यावसायिक किवि खेतिलाई प्रोत्साहन गर्नका लागि नगरभित्रका कृषकहरुलाई ५० प्रतिशत सहुलियतमा किबिका विरुवा वितरण गरिने नगरपालिकाले जनाएको छ । उत्पादन नै समृद्धिको आधार हो भन्ने नारा सहित ५० प्रतिशत नगरको लगानीमा कृषकलाई कुल २० हजार किबिका विरुण वितरण गर्न थालिएको नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरुवामा ५० प्रतिशत लगानी भने कृषक स्यंमले गर्नुपर्ने छ । व्यावसायिक कृषि गर्न चाहने कृषकलाई मध्यनगर गर्दै र आठबिसकोटलाई किबि खेतिमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले सो कार्य गर्न लागेको हो । नगरप्रमुख केसीले कृषकहरुलाई कृषि प्राबिधिकहरुको सहयोगमा मात्रै किबि लगाउन समेत अनुरोध गर्नुभएको छ ।

स्थानीय सरकारले किवी खेतिलाई जोड दिएपछि नगरपालिकामा किवी खेति गर्ने किसानको संख्या बढेको छ । अघिल्ला वर्षहरुमा पनि नगरपालिकाले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा वितरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा कृषकहरुले गत वर्ष मात्र २१ सय वटा किबिका विरुवा रोपेका थिए ।

यो वर्ष नगरभर करिब १७ सय किबिका बोटले उत्पादन दिएको समेत नगरपालिकाको अनुमान रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्