Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्राध्यापक संघ बहुमुखी क्याम्पस एकाइ समितीको सभापतिमा दिपक

tribeni2

रुकुम पश्चिम /  प्राध्यापक संघ मुसिकोट खलंगा बहुमुखी क्याम्पस एकाइ समितीको सभापतिमा दिपक केसी चयन हुनुभएको छ ।

आज भएको मध्यपश्चिम् विश्वविद्यालय, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम (पश्चिम) मा कार्यरत प्राध्यापकहरुको प्रथम अधिवेशन बाट मध्यपश्चिम् विश्वविद्यालय संघ, मुसिकोट खलंगा बहुमुखी क्याम्पस एकाइ समितीको सभापतिमा केसी सहित सात सदस्यीय कार्यसमिती चयन गरेको छ ।

यस्तै अधिवेशनले संघको सचिवमा टेकबहादुर ओली, सदस्यहरुमा हरिविष्णु ओली, गंगाबहादुर कार्की, डम्बरबहादुर खड्का, ढुण्डीराज शर्मा र हर्कबहादुर ओलीलाई सर्वसम्मत चयन गरेको छ ।

संघको औपचारिक उद्घाटन गएको असोज ६ गते भएको भएपनि समय अभावका कारण कार्यसमिती बुधबार मात्रै टुंगो लगाएको नवनिर्वाचित सभापतिमा केसीले जानकारी दिनुभयो । त्यसैगरि अधिवेशनले मध्यपश्चिम् विश्वविद्यालयको केन्द्रीय अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिको रूपमा ढुण्डीराज शर्मा चयन गरेको छ ।

प्राध्यापक संघ मुसिकोट खलंगा बहुमुखी क्याम्पस एकाइ समितीले जिल्लामा पेशागत प्राध्यापकहरुको साझा संगठनका रुपमा काम गर्ने छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्