Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सप्तरीमा आगलागी, ५ घर जलेर नष्ट

राजविराज, १८ जेष्ठ ।
tribeni2

सप्तरीको बोदेबरसाईन ३ गौरामा शनिवार विहान आगलागी हुँदा ५ घर जलेका छन् । आगलागी बाट ७ लाख बढीको क्षति भएको बताईएको छ ।
स्थानिय राशिन्द्र यादवको घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगो विस्तारै फैलिएर आगोले यादवको घर सहित छिमेकीहरू अन्य ४ घर पनि जलाएको हो ।


आगोमा अन्नपात, लत्ताकपडा, भाडावर्तन, पम्पिसेट, कुखुराको चल्ला लगायतका सरसामान पूर्णरूपमा जलेर क्षति भएको बताईएको छ ।

आगलागी राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएको वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १२:०६
प्रतिक्रिया दिनुहोस्