Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीद्वारा सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुनौला हजार दिनकाआमाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाको १, २, ३, ४ र ८ नम्बर वडाका सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।

आमा र बच्चाको पोषणमा सहयोग पुर्याउने उदेश्यले ५ वटा वडाका १ सय ५० जना भन्दा बढि आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको चौरजहारी नगरपालिकाले बताएको छ ।
बहुक्षेत्रीय पोषण योजना अन्तरगत नगरपालिकाको वडाका गरिव, बिपन्न र दलित परिवारको सुनौला हजार दिनका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।

आफु र बच्चालाई पोषिलो खान पाउने गरी नगरपालिकाबाट आफुले कुखुराको चल्ला पाएपछि आमाहरुले खुसि व्यक्त गरेका छन् । आफुले पाएको कुखुराको चल्ला पालेर अण्डा उत्पादन गर्ने र बच्चालाई पनि अण्डा खुवाने साथै बचेका अण्डा बेचर मासु दुध किनेर खाने योजना रहेको चौरजहारी नगरपालिका–८ कि सरिता परियारले बताउनुभयो ।

त्यसैकारण महिला तथा वालवालीकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको २ लाख ६५ हजार विनियोजित रकमबाट कुखुराको चल्ला खरिद गरि उक्त घरपरिवारलाई वितरण गरेको नगरपालिका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी दिनुभयो ।

पोषण अवस्था सुधारका लागि संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको सहकार्यमा हजार दिनका घरपरिवारका चल्ला वितरण, च्याउको विउ वितरण, जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण लगाएका सचेतामुलक कार्यक्रमहरु गर्दे आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्