Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा २ दिने आवधिक योजना तर्जुमा गोष्ठि सुरु 

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आवधिक योजना तर्जुमा पुर्व तयारी कार्यशाला गोष्ठि सुरु गरेको छ । बिहिबार कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले नगरपालिकाको आवधिक योजना तर्जुमा पुर्व तयारी कार्यशाला गोष्ठिको औपचारिक उद्घाटन गर्नुभएको हो ।

गोष्ठि बिहिबार शुक्रबार गरेर दुइ दिनसम्म चल्ने मुसिकोट नगरपालिकाका उमप्रमुख विमल कुमार पुनले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाको आयोजनामा र हेट लाइट काठमाडौंले सहजीकरण गरेको उक्त गोष्ठिमा करिव एक सय जना भन्दा माथीको उपस्थिती रहेको छ ।

उक्त गोष्ठिमा आज आवधिक योजना सम्बन्धि नेपाल सरकारका पुर्व सहसचिव रमेश कुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो । अधिकारीले आवधिक योजना सम्बन्धि बिकासको परिभाषा, विकासका सरोकारवालाहरु र तिनका मुख्य काम, विकास प्रक्रियाको सिलसिला, विकासको प्राथमिकता क्षेत्र, मानव पुजी विकास, पुर्वाधार विकास, आर्थिक समृद्धिका मुख्य संभाग, विकासका तीन आयामसङ्ग अन्तर आवद्धित विषय, विकासका लागि शासकीय प्रबन्ध, शासकीय प्रबन्धमा सुशासनका विशेषता, अपेक्षित असर (उद्देश्य ) र आवधिक योजना प्रक्रिया लगायतका विषयमा आफ्नो प्रस्तृती दिनुभएको हो ।

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको गोष्ठिमा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गोष्ठिमा नगरपालिकाका हाल र पूर्व जनप्रतिनिधि, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, मुसिकोट नगरपालिकाका विभिन्न शाखाका प्रमुख, नगरभित्रका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रअहरु, जिल्ला स्थित पत्रकार लगायतको उपस्थिती रहेको छ ।

कार्यक्रमको संचालन मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्