Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी अगाडि, मुसिकोट पछाडि

tribeni2

रुकुम पश्चिम / कार्य सम्पादन मूल्यांकनमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार जिल्लाका ६ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका उत्कृष्ट भएको हो ।

आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि गरेको कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी गाउँपालिका उत्कृष्ट भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा त्रिवेणी गाउँपालिकाले ७२.२९ अङ्क प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।

आठविसकोट नगरपालिकाले ७०.९३ अङ्क प्राप्त गरेको छ । चौरजहारी नगरपालिका ७०.९०, सानीभेरी गाउँपालिकाले ७०.४१, बाँफिकोट गाउँपालिकाले ६८.९७ र मुसिकोट नगरपालिकाले ६६.५९ अङ्क प्राप्त गरेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्