सुशिलाको ‘घन्काउँदै बाजा’ चर्चामा (भिडियोसहित)

लोकप्रिय गायिका सुशिला गौतमको पञ्चबाजा गित ‘घन्काउँदै बाजा’ले बजारमा चर्चा लिएको छ । गायक खुमन अधिकारी र गायिका सुशिला गौतमको स्वरमा सजिएको ‘घन्काउँदै बाजा’ बोलको गीत शुक्रबार सार्वजनिक भएपछि चर्चा बटुल्न सफल भएको हो । सुशिला गौतम युट्युब च्यानलमार्फत उक्त गीत बजारमा ल्याइएको हो ।

गीतको शब्द गायिका गौतमले नै लेख्नुभएको हो । गीतको संगीत संयोजन कृष्ण बिःक भाञ्जाले गर्नुभएको हो भने श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।

गीतको भिडियोमा गायिका गौतम र गायक अधिकारीसँगै मोडल रीना थापा, अभिषेक खड्का, कमला गौतम, तेजनारायण पौडेल, कमला न्यौपाने लगायतको अभिनय रहेको छ ।

भिडियोलाई दुर्गा पौडेलले निर्देशन र छायाँकन गरेका गर्नुभएको छ भने नविन घर्ती मगरको सम्पादन रहेको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गौतमले यसअघि ‘माइतीको माया,’ ‘तल सेतीबेनी माथि हिले शिर’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ ।

यो सँगै पाहुना, रातो भाले, गफ लायो सोल्टीले लगायतका लोकदोहोरी गीत सुशिलाकै नाममा छन् । त्यस्तै, जवानीले मलाई छुनुमुनु बनायो, लेउ लायो, रातो भाले, भुइँ छोडेकी चरीले लगायतका तीज गीतमा समेत उहाँको स्वर सुन्न सकिन्छ ।

भिडियाे :

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्