रुकुम कारागारका एक कैदीको कैद मिनाहा

कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी

७३ औं प्रजातन्त्र दिवसको अवसरमा रुकुम कारागारमा रहेका एक जना कैदीबन्दीको बाँकि कैद मिनाहा भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ११ का ६२ बर्यिय लुद्र बहादुर पुनमगरको सजाय मिनाहा भएपछि कारागार मुक्त हुनुभएको हो ।

ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेका उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकि कैद सजाय मिनाहा गर्नुभएको कारागार कार्यालय रुकुमका प्रमुख अकबिर घर्तीले जानकारी दिनुभयो ।

अदालतबाट ज्यान मार्ने उद्योगमा ५ बर्ष सजाय तोकिएकोमा २ बर्ष ६ महिना १५ दिन कैद भुक्तान गरिसक्नु भएका लुद्रको कैद सजाय मिनाहा भएको हो । ५० प्रतिशत सजाय भुक्तान गरेका र असल चालचालन भएका कैदीहरुलाई कारागार प्रशासनको सिफारिसको आधारमा विभिन्न समयमा राष्ट्रपतिबाट माफि दिने चलन रहेको छ ।

कारागारमा कैद भुक्तान गरिरहेका १३१ मध्य अब कारागारमा १३० जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । यस कागारको क्षमता २५ जना कैदीबन्दीको रहेतापनि पाँच गुणा बढी कैदी बन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या हुने गरेको छ । कैदीबन्दीहरुलाई सुत्न देखि लिएर शौचालयको प्रयोग, पानीको उपयोगिता लगायतमा समस्या हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्