Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
https://www.hrdcjajarkot.org.np/

५ बर्षे रणनैतिक योजना बनाउदै पहाडी क्षेत्र विकास अभियान

tribeni2

जाजरकोट/पहाडी क्षेत्र विकास अभियान जाजरकोटले आफ्नो ५ बर्षे रणनैतिक योजना निर्माणका लागि कार्यशाला संचालन गरेको छ ।

२ दिन सम्म संचालन हुने उक्त रणनैतिक योजना निर्माण कार्यशाला जाजरकोटको खलंगामा आज सोमबारदेखि शुरु भएको हो ।

उक्त कार्यशालामा संस्थाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि, शिक्षक, सेभ द चिल्ड्रेनका प्रतिनिधि र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यशालाको सहजिकरण ट्रिओ रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टर काठमाडौंका मधु दवाडीले गर्नुभएको छ ।

आगामी दिनहरुमा प्रभावकारी सेवाप्रवाहका लागि कार्यान्वयन योग्य संस्थाको मार्गदर्शन तयार गर्न र संस्थालाई समयअनुसार सुधारका लागि परिपक्व नीति तथा योजना बनाउन कार्यशालाको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रदिपजंग शाहले बताउनुभयो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित नागरिक समाज संस्था सवलीकरण परियोजना अन्तर्गत कार्यशाला संचालन गरिएको कार्यक्रम संयोजक बिनोद पोख्रेलले बताउनुभयो ।

जाजरकोटमा स्थापीत पहाडी क्षेत्र विकास अभियान जाजरकोटले जिल्लाका बिभिन्न स्थानीय तहहरुमा बिभिन्न निकायहरुसंग साझेदारी गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षण लगायतका क्षेत्रमा बिगत २४ बर्षदेखि कार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्