Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको तुनबाङ जंगलमा ६ नाल बन्दुक भेटिए

कसले र किन राखेको, अनुसन्धान हुँदै
२०७९ फागुन ८
tribeni2

रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ३ को तुनबाङ खोलाको जंगलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार जंगलमा लुकाईछिपाई बन्दुक राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजतालस गर्दा उक्त बन्दुक फेला परेका हुन् । सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टंक प्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो ।

६ थान बन्दुक मध्य पाँच वटा चल्ने अवस्थामा र एक वटा नचल्ने अवस्थाका रहेका छन् ।

जंगलमा ति बन्दुक कसले र किन राखेको भन्ने बिषयमा केहि खुल्न नआएको डिएसपी श्रेष्ठले बताउनुभयो । ती बन्दुकहरु अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ भने थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्