Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा अपाङ्गता परिक्षणका लागि घुम्ती शिविर हुँदै

२०७९ फागुन ९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शारिरीक अपाङगता परिक्षण सम्बन्धि एक दिने घुम्ती शिविर हुने भएको छ । यहि फागुन १२ गते गाउँपालिका अस्पताल छोटेबगरमा शिविर हुने भएको हो ।

सानीभेरी गाउँपालिका, बिकलाङ्क मित्र समूह र अपाङ बाल अस्पताल तथा पूनस्थापना केन्द्र बनेपा काभ्रेको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । १८ बर्ष सम्मका शारिरीक अपाङगता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण एवम् अपाङगता पहिचानका लागि स्वास्थ्य तथा पूनस्थापना का लागि एक दिने शिविर आयोजना गरिएको सानीभेरी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिनाराम केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केका, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएका,भाँचिएको, बाङ्गो हड्डी नजोडिएको, जोर्नीहरु र घुँडामा समस्या, ढाड बाँङ्गो र कुप्रो, जोर्नी दुख्ने सुन्निने, हड्डी पाकेर लामो समय देखि पिप आइरहने औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको कृत्रिम अंगहरुको आवश्यकता, हड्डीकाे टि वी रोग लागेका बालबालिकाहरुको शिविरमा उपचार हुने छ  ।

गाउँपालिकाले एक सुचना मार्फत सेवा लिन आह्वान समेत गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्