सोसल मिडिया
रुकुम पश्चिम / नेपाल शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा डम्बर बहादुर खड्का चयन हुनु भएको छ । संघको नवौं जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको उपाध्यक्षमा शंकर कुमार रावल र प्रभा कुमारी थापा ओली, सचिवमा खड्क बहादुर डि. सी. र डिल्ली बहादुर डागीँ चयन हुनुभएको छ । सह-सचीवमा यज्ञ बहादुर ओली, मनजित ओली, शुधिर कुमार केसी, मञ्जु केसी र शारदा पुन चयन हुनुभएको छ ।
कार्यसमितिको बैठकले कोषाध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ ।
जिल्ला कार्यसमिति सदस्यहरुमा बलविर पुन, कृष्ण बहादुर केसी,गणेश खड्का, प्रेम बहादुर कुसारी, मान बहादुर ओली र आशाराम केसी चयन हुनुभएको जनाइएको छ ।
यस्तै अधिवेशनबाट प्रदेश प्रतिनिधिमा जय कुमारी ओली, आशिराम ओली, बिमला गौतम, मान बहादुर चन्द र दामोदर शर्मा चयन हुनुभएको हो । संघको केन्द्रिय प्रतिनिधिमा शारदा आचार्य, तारा चन्द, खिमबहादुर खड्का र ठकेन्द्र प्रसाद आयार्य चयन हुनुभएको हो ।
फागुन ७ गते उद्धघाटन, ८ गते बन्द सत्र चलेको अधिवेशनले ९ गते सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो ।