Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा चैत्र ५ देखि बार्षिक परिक्षा हुने

स्थानीय पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन
२०७९ फागुन ९
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकाले चालु शैक्षिक सत्रको लागि गाउँपालिकाभरिका विद्यालयमा हुने बार्षिक परीक्षाको मिति तथा परिक्षा केन्द्र तोकेको छ । बुधबार बसेको गाउँ शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भरिका विद्यालयमा सञ्चालन हुने बार्षिक परीक्षा आगामी चैत ५ गतेदेखि दुई सिफ्टमा गर्ने निर्णय गरेको छ। निर्णय अनुसार कक्षा ४, ५, ६, ७ ,र ९ को बिहान ९ बजेदेखि १२ बजेसम्म र कक्षा ८ को दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने भएको छ ।

आधारभूत तह उर्तिण परीक्षा सञ्चालनका लागि शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत भुपालसिं विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । जसमा राप्ती ज्ञानोदय मावि सिम्लीका सहायक प्रधानाध्यापक राधारमण झा, अन्नपूर्ण खड्का, डण्डविर ओली र शिक्षा शाखाका प्राविधिक सहायक प्रेमबहादुर विष्ट सदस्य रहनु भएको छ।

आधारभूत तहको परीक्षा सञ्चालनका लागि पालिका भरिमा ९ वटा परीक्षा केन्द्र कायम गरिने भएको छ । परीक्षा केन्द्र कायम हुने विद्यालयहरुमा राप्ती ज्ञानोदय मा वि सिम्ली, शितल मावि पक्रैया, बालज्योति मावि गिठाकोट, सानीभेरी मावि बलिवाङ, सूर्योदय मावि बेल्टापु, पृथ्वी आवि देउताखोला, नेरा मावि घापागार, सरस्वती मावि अर्माडाँडा र शिव मा वि काफलबोट रहेका छन् ।

त्यस्तै सानीभेरी गाउँपालिका भरि लागु हुने स्थानीय पाठ्यक्रममा लागि स्थानीय शाखा अधिकृत विष्टको संयोजकत्वमा नौ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । जसमा चक्रबहादुर भण्डारी, चन्द्रबहादुर परियार, अमर चन्द, गोपालसिं खड्का, तिलक पुन, बलबहादुर बि.क., सुशील बि.क. सदस्य र प्राविधिक सहायक प्रेमबहादुर विष्ट सदस्य सचिव रहनु भएको छ।

शैक्षिक सुधार कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गराउनका लागि सामाजिक विकास समिति संयोजक शेरबहादुर खड्काको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, शिक्षा शाखा अधिकृत भूपालसिं विष्ट र प्राविधिक सहायक प्रेमबहादुर विष्ट सदस्य रहेको समिति गठन गरिएको छ ।

गाउँपालिकामा रहेका विद्यालयहरुको समायोजनका लागि मापदण्ड र कानुनी प्रावधान निर्माण गरि शैक्षिक सुधार कार्यदलको प्रतिवेदन आगामी शैक्षिक शत्र देखि लागू गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले गाउँपालिकामा रहेका अस्थायी, राहत तथा गाउँपालिका करार शिक्षकहरुको अभिलेखिकरण गर्ने र जनज्योति आवि फुक्रु जिउलामा कार्यरत शिक्षक हिरामणि ओली बिदा स्वीकृति नगराई विद्यालयमा अनुपस्थित रहेकोले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्