Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेशनल लाईफको बार्षिकोत्सव, बौद्धिक अपाङगता भएका बिद्यार्थीको साथमा

२०७९ फागुन १०
tribeni2

 

रुकुम पश्चिम / नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले ३६ औ बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

शाखाले बार्षिकोत्सव जिल्लाको मुसिकोट नगरपालिका -१ मा रहेका बौद्धिक अपाङगता भएका बिद्यार्थीहरुको साथमा रहेर मनाएको हो ।

बार्षिकोत्सवको अवसरमा १० जना बौद्धिक अपाङगता बालबालिकाहरुलाई सरसफाईका सामाग्री उपलब्ध गराउनुका साथै सहभोज गरिएको शाखाका प्रमुख टंक हमालले जानकारी दिनुभयो ।

उहाँले उनीहरुलाई व्यक्तिगत सरसफमईका सामागग्रीहरु कपडा धुने र नुहाउने साबुन, ब्रुस, मन्जन लगायतका सामाग्रीहरु उपलब्ध गराउनका साथै बिहानको खाना खुवाएर उत्सव मनाईएको बताउनुभयो । उक्त अवसरमा शाखाका उत्कृष्ट अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

बौद्धिक अपाङगता भएका बालबालिकाहरुको अधिकारका लागि सक्रिय समाजसेवी गणेश केसीले नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले बार्षिकोत्सवको अवसरमा उदाहरणिय काम गरेको बताउनुभयो । उक्त सहयोगले बालबालिकाहरुलाई ठुलो राहत मिल्ने उहाँले उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्