Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय सहमतिको पक्षमा एमालेको बिमती छैन : सचिव भट्टराई

'एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभए एमाले सरकारमा हुँदैन'
२०७९ फागुन ११
tribeni2

रुकुम पश्चिम / नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमाले राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले बिहिबार मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले भने अनुसारको राष्ट्रिय सहमतीको पक्षमा एमालेको बिमती नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरु बीच भएको सहमति अनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपर्ने, नभएमा एमाले सरकारमा नरहने समेत बताउनुभयो ।

एमालेले सञ्चालन गरेको पार्टी संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गतको दुई महिने ‘मिसन ग्रासरुट’ कार्यक्रमको सन्दर्भमा रुकुम आएको बेलामा उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा वर्तमान सत्ता गठबन्धन बनेकोले यहि सत्ता गठबन्धन कायम रहने विश्वास रहेको जनाउनुभयो । सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने अडान एमालेको रहेको भट्टराईले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक राजनीतिक दलहरु निर्णय लिन स्वतन्त्र रहेको जनाउनुभयो । नेपाली काँग्रेस, माओवादी सहितको पुरानै गठबन्धनको तर्फबाट राष्ट्रपति चयन भएमा एमालेको भूमिका के रहन्छ ? भन्ने पत्रकारहरुको जिज्ञामा सचिव भट्टराईले एमालेले दुईटा डुङगामा खुट्टा नराख्ने, सरकारका नरहने अवस्था आउने बताउनुभयो ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भट्टराईले छिटोछिटो सत्ता समिकरण बदलेर मुलुकमा अस्थिरता, अन्यौलता सिर्जना गर्नुभन्दा अहिलेको सत्ता समिकरणलाई पाँच वर्षसम्म टिकाउन आवश्यक रहेको बताउनुभयो ।

मिसन ग्रासरुट कार्यक्रममले राज्य र जनता बीचको खाडललाई पुर्न सहयोग पुग्ने समेत उहाँले जानकारी दिननुभयो । राज्य र जनता बीचमा छलफलको वातावरण बनाउन एमाले गाउँगाउँमा पुग्न थालेको उहाँको भनाई रहेको छ । ‘पार्टीका भेला, बैठक, सदस्यता वितरण, नविकरण लगायतका कार्य तिब्र हुनेछन्,’ उहाँले भन्नुभयो, ‘मुलुकमा ७५३ वटै स्थानीय सरकारका कामहरु पनि निगरानी हुनेछन् ।’

अभियानको क्रममा प्रत्येक घरमा पार्टीका कार्यकर्ता पुग्ने, पार्टीका भित्रका कमीकमजोरी केलाउने, चुनावको समिक्षा गर्ने र अन्तिमममा समिक्षा प्रतिवेदन तयार गरेर पार्टीले नयाँ गतिबाट काम गर्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्