Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुमे र सिस्नेमा शिक्षा प्रतिकार्य कार्यक्रमको समिक्षा

२०७९ फागुन ११
tribeni2

रुकुम पूर्वको सिस्ने र भुमे गाउँपालिकामा सञ्चालित 'कोभिड -१९ को लागी शिक्षा प्रतिकार्य कार्यक्रम'को समिक्षा गरिएको छ । बिगत एक बर्ष देखी जिल्लाका दुई गाउँपालिकाहरुमा संचालन भइरहेको उक्त कार्यक्रमको सरोकारवालाहरु बीच समिक्षा गरिएको हो ।

फागुन ९ गते भुमे र १० गते सिस्ने गाउँपालिकामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रतिकार्य कार्यक्रमका संयोजक रमेश कुमार गौतमले जानकारी दिनुभयो ।

सिस्ने गाँउपालिकामा सम्पन्न कार्यक्रमको अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यमा रुकुमकोटमा र भुमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा खावाङबगरमा समिक्षा कार्यक्रम संचालन भएको हो ।

सिस्ने र भुमे गाउँपालिकाको समन्वय, युएसआइडी/युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा बिगत एक वर्ष देखी उक्त कार्यक्रम संचालन हुँदै आएको छ ।
समिक्षा कार्यक्रममा परियोजनाले उपलब्ध गराएका ट्याबलेट लगायत अन्य शैक्षिक तथा सरसफाईका सामाग्रीहरुको प्रयोग र त्यसले पारेको प्रभाव बारे छलफल गरीएको थियो ।

कार्यक्रममा सहभागीहरुले यो कार्यक्रम राम्रो भएकोले यसको निरन्तरताको लागी सम्बन्धित निकायले ध्यान दिनुपर्ने, शिक्षालाई लक्षित गरेर अझ ठुलो बजेटका कार्यक्रम ल्याउनुपर्ने, बिद्यार्थीहरु प्रबिधीबाट अभ्यस्त हुदै सिकिरहेको हुदाँ यसलाई निरन्तरता दिनुपर्ने, टोल शिक्षा निरन्तरताको लागी सक्दो प्रयास गनुपर्ने लगायतका बिषय उठान गरेका थिए ।

समिक्षा कार्यक्रमहरुमा परियोजनाको तर्फबाट रुकुमेली समाज बिकास केन्द्रका कार्यक्रम संयोजक रमेश कुमार गौतमले हालसम्म भएका गतिबिधीहरु प्रस्तुतीकरण गुर्नभएको थियो भने सिस्नेमा सिस्ने गाउँपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा र भुमेमा भुमे गाउपालिका युवा खेलकुद तथा शिक्षा प्रमुख कौसल कुमार तिवारीले पालिकास्तरीय शिक्षा प्रतिकार्य योजनाको मस्यौदा शुझावको लागी प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्