Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सगरमाथा

सगरमाथामा भिडले मृतक बढे !

के भन्छन् अन्तराष्ट्रिय सञ्चारमाध्यम
काठमाडौं २० जेठ
tribeni2

यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

 । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । 

यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका खबर दिवाकर पन्तले लेखेका छन् ।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।

सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । 

थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल सरकारले सगरमाथा आरोहणलाई व्यवसायीकरण गरेर धेरै आरोहीलाई अनुमति दिएका कारण मृत्यु हुनेको संख्या बढेको समाचार सम्प्रेषण गरेका छन् ।

फाइनान्सियल टाइम्सले सर्वोच्च शिखर आरोहणको व्यवसायीकरणबारे प्रश्न उठाएको छ । भिडभाडयुक्त सगरमाथामा नौजनाको मृत्यु भएपछि आरोहण व्यवस्थापनमा कडा बहस सुरु भएको जनाउँदै सस्तो सेवा दिने नेपाली कम्पनीको गुणस्तरमा आशंका गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्