Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्ता छन् नेकपा (एकिकृत समाजवादी) रुकुमको आठौ पूर्ण बैठकका निर्णय

२०७९ फागुन ११
tribeni2

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको आठौ पूर्ण बैठक बुधबार मुसिकोटमा सम्पन्न भएको छ । समाजवादीले बिहिबार जिल्ला कमिटी बैठकका विभिन्न निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले महत्वपूर्ण ६ वटा निर्णय गरिएको बताउनुभयो । बैठकले गत माघ २१ र २२ गते काठमाडौमा सम्पन्न केन्द्रिय किमिटिको पाचौं पूर्ण बैठक र फागुन २ र ३ गते सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश कमिटिको चौथो पूर्ण बैठकद्वारा पारित राजनीतिक, सांगठनिक र निर्वाचन समिक्षा प्रतिवेदन साथै आन्तरिक निर्देशनको अवगत भइ प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरिएको छ भने केन्द्र र प्रदेशको योजना र निर्देशनमा सञ्चालन हुने संगठन सुदृढिकरण विशेष अभियान भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ ।

अध्यक्ष शर्माका अनुसार फागुन २५ गतेभित्र नगर र गाउँ कमिटिका बैठकहरु बस्ने र चैत मसान्तभित्र सदस्यता नवीकरण र वितरण गरि सक्ने, ४० जिल्ला कमिटिका सदस्यहरुको नामवली अद्यावधि गरि ८४ जना सदस्य कायम गर्ने, यही फागुन १९, २० र २१ गते तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सानीभेरीमा गर्ने र फागुन २१ गते २४ औं यदु स्मृति दिवस सानीभेरी गाउँपालिका ४ को मेघामा मनाउने निर्णय गरिएको छ ।

पार्टी अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी पोलिटब्यूरो सदस्य शेर बहादुर केसीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्र प्रकाश पुरी, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज देवी ओली, केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज विमल कुमार पुन र केन्द्रिय निर्वाचन आयोगका सदस्य इन्द्रलाल शर्माको आतिथ्यता रहेको बताईएको छ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्