सोसल मिडिया
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी)को रुकुम पश्चिमको जिल्ला कार्यसमिति परिवर्तन गरिएको छ ।
बिहिबार मुसिकोटमा भएको एक भेलाले भगवती शाहीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा शुद्ध कुमारी भण्डारी, सचिवमा चिना बिक, सह सचिवमा बन्दना खड्का र कोषाध्यक्षमा यमुना शर्मा चयन हुनुभएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष कल्याणी खड्काले जानकारी दिनुभयो ।