Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाकाे नर्सिङ्ग खोला सफा गर्दै बिद्यार्थीहरु

२०७९ फागुन १२
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –१० तकमा रहेको नर्सिङ्ग खोला सरसफाई गरिएको छ ।

स्थानीय महेन्द्र माध्यमिक विद्यालयका बिद्यार्थीहरुले शुक्रबार गाउँपालिकाको केन्द्रमा रहेको सुन्दर खोलामा फोहोर जम्मा हुँदै गएपछि सरसफाई गरेका हुन् । नसिंङ्ग हिमालबाट आएको नदी तकहुँदै उत्तरगंगा नदिमा मिसिएको छ ।

पछिल्लो समय केहि स्थानीयवासी र व्यवसायीहरुले घरबाट निस्केको फोहोर खोलामा फाल्ने गरेपछि दुषित हुँदै गएकोले विद्यार्थीहरुको सक्रियतामा सरफसफाई गरिएको महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैत्या घर्तीले जानकारी दिनुभयो । गाउँपालिका र मुख्य बजार केन्द्र परिसरमा रहेको उक्त खोलाको सुन्दरता बचाई राख्न र अब देखि फोहोर फाल्न नहुँने सन्देश दिन विद्यालयले सरसफाई गरेको उहाँले बताउनुभयो ।

विद्यालयका शिक्षक नवराज बिकले कक्षा ६ देखि १२ सम्मका सम्पुर्ण विद्यार्थीहरुले नर्सिङ्ग खोला र बिद्यालय प्राङ्गगन सरसफाई गरेको बताउनुभयो । शुक्रबारिय कार्यक्रम अन्तर्गत विद्यार्थीहरुकै सहभागितामा सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीहरले खोलामा भएका प्लाष्टिक, कागज, कपडाका टुक्रा तथा अन्य फोहोरहरु संकलन गरेर नष्ट गरेका थिए । खोला र पानीको महत्व बढाउन र सुन्दरता जोगाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ । विद्यार्थीहरुको सहभागितामा भएको सरसफाई कार्यले अभिभावक र स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिईएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्