रुक्मिणी माविको हातमा रनिङ शिल्डको उपाधि

२०७९ फागुन १२

रुकुम पूर्व  / सिस्ने गाउँपालिका स्तरिय चौंथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रुक्मिणी मावि रुकुमकोटले जितेको छ । रुक्मिणी माविले दोस्रो पटक गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि जितेको हो ।

चार दिनसम्म चलेको प्रतियोगितामा रुक्मिणी माविले ११ स्वर्ण ८ रजत र ४ कास्य सहित २३ पदक प्राप्त गरेको हो ।

यस्तै जनता मावि पोखरा ११ स्वर्ण ३ रजत र ४ कास्य सहित १८ पदक जितेर दोस्रो भएको स्थान ल्याउन सफल भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढा अनुसार दुई स्वर्ण पदक सहित त्रिभुवन जनता मावि छिप्रिदह तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

विभिन्न २४ विद्यामा गाउँपालिका भरका १० विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रुक्मिणी माविलाई नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएको छ । दोस्रो र तेस्रो स्थान ल्याउने विद्यालयले नगद सहित कप र प्रमाणपत्र पाएका छन ।

आयोजकका अनुसार १००, २००, ४०० र ८०० मिटर दौडमा रुक्मिणी मावि प्रथम भएको छ । यसैगरि सटपुट, ज्याभलिन थ्रो, हाइजम्प लङजम्प र छात्र छात्रा भलिबल प्रतियोगितामा पनि रुक्मिणी माविले प्रथम स्थान ल्याएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्