Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तकसेरामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको लागि तयारी तिब्र

२०७९ फागुन १३
tribeni2

रुकुम पूर्व / फागुन १४ गते आईतबार देखि सुरु हुने जिल्ला स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्डको लागि तकसेरामा तयारी तिब्र पारिएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १० मा हुने रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापनका लागि शुक्रबार गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा सर्वपक्षिय बैठक बसेर बिभिन्न निर्णयहरु समेत गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिसँग आवश्यक समन्वय गरेर होटल व्यवसाय सञ्चालन, अनुशासन, होटलको सरफसफाई तथा गुणस्तर, खाना तथा नास्ताको दररेट लगायतका बिषयमा निर्णय गरिएको बताईएको छ ।

त्यसैगरी बैठकले रनिङ शिल्ड सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्नको लागि १३ गते शनिबार बिहान रनिङ शिल्डस्थल तथा बजार सरसफाई गर्ने, स्वयम् सेवक व्यवस्थापनका लागि निर्सिङ हिमालय युवा क्लबलाई जिम्मा दिने, अन्य विविध व्यवस्थापनका लागि जसबहादुर सेर्पाली, दर्वेश बुढा र बमबहादुर बुढालाई जिम्मा दिने सर्वपक्षिय निर्णय भएको छ ।

खेलअवधिभरको शान्ति सुरक्षाको व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय तकसेरालाई अनुरोध गर्ने, स्वास्थ्य सेवा व्यवस्थापनका लागि गाउँपालिकाको स्वास्थ्य शाखालाई जिम्मा दिने, खेलाडि तथा अन्य व्यवस्थापनका लागि गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समिति बनाइएकाे ५ भने खेल प्रशिक्षणका लागि अवियोग रामजालीको संयोजकत्वमा एक समिति बनाइएकाे छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्