Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गलकोटमा ४५ दिने सीप विकास तालिम सुरु

२०७९ फागुन १३
tribeni2
  • सुरेश छन्त्याल

बाग्लुङ / गलकोटमा ४५ दिने ढाका कपडा बुनाई स्तरोन्नती सीप विकास तालिम सुरु भएको छ । 'कृषि, पर्यटन, स्थानीय सीप र पुर्वधार, समृद्ध गलकोट निर्माणको मुल आधार' भन्ने नाराका साथ गलकोट नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत बिहिबार देखि तालिम सुरु भएको हो ।

गलकोट नगरपालिका १० पाण्डबखानीको सि.एम सी भवनमा तालिम सुरु भएको छ। गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा महिला जागरण केन्द्र पाण्डबखानीका अध्यक्ष राधिका पुनको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा सदस्य रामप्रसाद वि.क, वडा सदस्य मन कुमारी श्रीस, नव ज्योति प्राविका आशा श्रीस, सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक दिप घर्ती र तालिम प्रशिक्षक भावना पुन लगाएतको सहभागीता रहको थियो । कार्यक्रमको संचालन गुलाफ दुलालले गर्नु भएको थियो।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्