Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनलाइन मार्फत पञ्जिकरण सेवाको लागि तालिम

२०७९ फागुन १३
tribeni2

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको पञ्जिकरण शाखाको आयोजनामा तकसेरामा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । स्थानीय पञ्जिकाधिकारी र वडा कार्यालयका सहायकहरु प्रशिक्षणमा सहभागि भएको गाउँपालिकाले जनाएको छ ।

प्रशिक्षणमा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाका कार्य र भर्चुअल प्राईभेट नेटवर्क सम्बन्धि जानकारी दिईएको पुथा उत्तरगंगा गाउँपालिकाको पञ्जिकरण शाखा प्रमुख समिर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा नयाँ नियुक्त भएका वडा सहायकहरुलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गरिएको थियो ।

पञ्जिकरण शाखाका विवेक केसीले पञ्जिकरण विभागले बनाएको भर्चुअल प्राईभेट नेटवर्क, व्यक्तिगत घटनाहरुका दर्ता प्रक्रियाबारे प्रशिक्षणमा सहजिकरण गरिएको छ । पुथा उत्तरगंगाका १४ वटै वडा कार्यालयलहरुले आफ्नै आईडि निर्माण गरेर अनलाईन मार्फत पञ्जिकरणका कामहरु गरिरहेको केसीले उल्लेख गर्नुभयो ।

तालिमको सहजिकरण पञ्जिकरण शाखा प्रमुख समिर गिरी, स्वास्थ्य शाखाका सह संयोजक कलिभान बिष्ट र पञ्किरण शाखाका विवेक केसीले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, उपाध्यक्ष भुपेन्द्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवको आथित्यता रहेको थियो ।

पुथा उत्तरगंगा गाउँपालिकाले २०७८ भदौ १८ गतेदेखि अनलाई सिस्टम मार्फत पञ्जिकरण सेवा सुरु गरेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्