Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घुम्टेको १३ औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ फागुन १३
tribeni2
  • सुरेश छन्त्याल

बाग्लुङग / जिल्लाको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष चन्द्रकुमारी श्रीस (आसा )को अध्यक्षता र संविधानसभाका सदस्य नरबहादुर पुन (निरज) को प्रमुख आथितियतामा शनिबार साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सेयर सदस्य मध्यबाट एकल महिला, जेष्ठ महिला र पुरुष, बाल बचत मध्य कक्षा १२ पास गरेका विद्यार्थी र असल ऋणि सम्मानसंगै ग्रामिण बस्तिदेखि पत्रकारिता गर्दै आइरहनुभएका पत्रकार सुरेश छन्त्याललाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरिएको छ । सहकारीमा ३२५ बाल बचत, ५७७ बचतकर्ता संगै ५७७ शेयर सदस्य आवद्ध रहेका छन् । सहकारीका आर्थिक विभाग सदस्य गिरीप्रसाद घर्तीका अनुसार सहकारीले दुई करोड साठी लाख ४५ हजार तीन सय साठी रुपैया कारोवार गरेको छ ।

सहकारीको साधारण सभामा कोषाध्यक्ष तेजकुमारीको स्वागत मन्तव्य रहेको थियो भने सचिव कर्णकुमारी काउचाले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्