Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निशुल्क मोबाइल ल्यापटप तथा कम्युटर मर्मत हुने

काठमाडौं २१ जेठ
tribeni2

थ्री कम केयरले युवा लक्षीत निशुल्क मोबाइल ल्यापटप तथा कम्युटर मर्मत कार्यक्रम सार्वजनीक गरेको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा अपाङ्ग सेवा नेपालका अध्यक्ष बिरोध खतिवडाले अपांगता भएका व्यक्तीहरुललाई अपांगता भएकै कारण ठग्ने प्रवृत्ती बढेको भन्दै आफुहरु एकजुट भएर निशुल्क मर्मत सेवा दिने अभियान थालेको बताए ।

खतिवडाले राष्ट्रसेवक तथा अपांगता भएका व्यक्तीहरुका लागि फ्रि रिपेयरीङ गरिसकिएको बताए । पत्रकारहरुका लागि पनि आफुहरुले यो योजना ल्याएको भन्दै खतिवडाले आफुहरुको अभियान साथ दिन र हौसला बढाउन आग्रह गरे ।

कार्यक्रममा थ्री कम केयरका प्रमुख विपिन जैसवालले १० लाख जनालाई यो सेवा दिने लक्ष्यअनुरुप विभिन्न क्षेत्रका व्यक्ती लक्षीत मेला र कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्