Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व देशभरमै दोस्रो

२०७९ फागुन १४
tribeni2

कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । चालु आर्थिक वर्षकाे पहिलो अर्ध बार्षिक अवधिमा रुकुम पूर्व दोश्रो भएको हो ।

फागुन ११ गते बिहिबारका दिन गृह मन्त्रालयले एक सूचना मार्फत रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालय द्धितीय भएको नतिजा सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७९/८० का लागि गृहसचिव र प्रमुख जिल्ला अधिकारी बीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्यांकनमा उक्त नजिता निकालिएको हो ।

गृह मन्त्रालयका सह सचिव डा. भीष्मकुमार भुषालका अनुसार कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकको आधारमा स्वाचालित रुपमा मूल्यांकन हुने प्रणाली CDO Performance Appraisal System (CPAS) मा प्रविष्ट विवरणको मूल्यांकनबाट चालु आर्थिक वर्ष ०७९/८० को पहिलो अर्ध वार्षिक अवधिमा जिल्ला प्रशाुन कार्यालय रुकुम पूर्व दोस्रो स्थानमा आएको हो ।

सह सचिव भुषालेले रुकुम पूर्वले ७४ वटा परिसूचकहरूमा ४०.१३ अङ्क ल्याएको बताउनुभयो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्