Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्ववियु निर्वाचन केन्द्रित विभिन्न निर्णय गर्दै अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न

तीन क्याम्पसमा सभापतिका उम्मेदवारको टुंगो
२०७९ फागुन १४
tribeni2

रुकुम पश्चिम / आसन्न स्ववियु निर्वाचनका लागि अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिमले तीन वटा क्याम्पसका सभापति पदका उम्मेदवारको टुंगो लगाएको छ ।

जिल्ला समितिको शनिबार सम्पन्न छैठौं बैठक तथा स्ववियू प्रशिक्षण कार्यक्रमले उक्त निर्णय गरेको हो । जिल्ला अध्यक्ष नारायण केसीका अनुसार बैठकले मुसिकोट, शीतल क्याम्पस र सिम्रुतु क्याम्पसमा आगामी स्ववियू निर्वाचनको लागि सभापतिको उमेरद्वार टुंगो लगाएको छ।

जसअनुसार मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा रमेश लामिछाने, शीतल क्याम्पस चौरजहारीमा निराजन के.सी. र सिम्रुतु शिक्षा क्याम्पसमा निर्माला बुढाथोकी स्ववियु सभापतिका उम्मेदवार हुनुहुनेछ । बाँकी क्याम्पसमा फाल्गुन १८ गते भित्र टुंगो लगाउने निर्णय गरिएको अध्यक्ष केसीले बताउनुभयो।

बैठकले जिल्ला इन्चार्ज सुशील बिष्टको संयोजकत्वमा स्वावियू घोषणापत्र लेखन समिति गठन गरेको छ भने कमान्ड इन्चार्ज हेरफेर समेत गरेको छ ।

मुसिकोट खलंगा बहुमुखी क्याम्पसको कमान्ड इन्चार्ज नारायण केसी, रुकुमेली क्याम्पसमा बिशाल बिष्ट, राडीज्युला शिक्षा क्याम्पस, खुमराज ओली, शीतल क्याम्पसमा निराजन के.सी., सिम्रुतु शिक्षा क्याम्पसमा भिमदत्त बुढाथोकि, स्यार्पु शिक्षा क्याम्पसमा समकृती पुन, सानोभेरी शिक्षा क्याम्पस, जीवन खड्का र जहारी क्याम्पसमा निराजन के सीलाई कमाण्ड इन्चार्ज तोकिएको छ ।

बैठकले सहिद सप्ताहको अबसरमा ७७ वटा विद्यालय समिति , ८ क्याम्पस समिति र पालिका समितिले सिर्जनात्मक कार्यक्रम गरि सहिद सप्ताह मनाउने निर्णय र क्याम्पसमा स्ववियू निर्वाचन परिचालन समिती गठन गर्ने, सदस्यता बितरण गर्ने लगायतका गतिविधि नियमित र प्रभावकारी ढंगले गर्ने निर्णय गरेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्