Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसीकोट खानेपानीको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा टोपाराम

२०७९ फागुन १४
tribeni2

रुकुम पश्चिमको जिल्ला सदरमुकाममा रहेको मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोका संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

आईतबार सम्पन्न साधारण सभाले टोपाराम नेपालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सस्थाको उपाध्यक्षमा निर्मल के.सी., सचिवमा महेन्द्र राज गौतम, कोषाध्यक्षमा कर्णबहादुर ओली चयन हुनुभएको छ । नवनिर्वाचित कोषाध्यक्ष ओलीका अनुसार सदस्यहरुमा सुरसा गौतम, लक्ष्मी के. सी., भारसि गुरूङ्ग बुढा, दुर्गे खड्का र दिपेन्द्र पुन चयन हुनुभएको छ । सबै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

मुसिकोट खलंगा खानेपानी उपभोका संस्थाका प्रथम अध्यक्ष हाल मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी हुनुहुन्थ्यो । उहाँले मुसिकोट नगरपालिकाकाे प्रमुखमा उम्मेदवार हुनु अघि हाल नवनिर्वाचित अध्यक्ष नेपालीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्